काठमाडौं । डच फरवार्ड मेम्फिस डिपेले बार्सिलोना आएकोमा आफुलाई पछुतो नभएको बताएका छन् ।
डिपे यसै सिजन फ्रि–ट्रान्सफर फ्रेन्च क्लब लियोनबाट बार्सिलोना आएका थिए ।
डच प्रशिक्षक रोनाल्ड कोम्यानको आग्रहमा उनी बार्सिलोना आएका थिए ।
तर, यस सिजन बार्सिलोनाले खराब प्रदर्शन गरिरहेको छ । प्रशिक्षक कोम्यानको चौतर्फी आलोचना भईरहेको छ ।
बार्सिलोना खराब लयमा रहेको बेला डिपेलाई बार्सिलोना आउने निर्णयबारे प्रश्न गरिएको थियो ।
त्यसको जवाफमा डिपेले आफुलाई कुनै पछुतो नरहेको बताए ।
'तपाईले कसरि यो प्रश्न गर्नु भयो ? यो बार्सिलोना हो । तपाईलाई थाहा छ महान क्लबबारे र एक खेलाडीको लागि एक टिम महत्वपूर्ण छ,' उनले भने, 'मलाई कहिल्लै पछुतो हुनेछैन ।'
२७ वर्षीय डिपेले बार्सिलोनाको अहिलेको स्थितिबारे आफु जानकार रहेको समेत बताए ।
'हामीलाई बार्सिलोनाको स्थिति थाहा छ । सबै डरमा छन् किनकी मनिसलाई यो बानी परेको छैन,' उनले थपे ।