आफ्नो बारेको गीत गाउन बन्द गर्न पार्कको आग्रह

काठमाडौं । म्यानचेस्टर युनाईटेडका पूर्व खेलाडी पार्क जी सुङले प्रशंसकहरुलाई उनको बारेमा बनेको एउटा प्रसिद्ध गीत गाउन बन्द गर्न आग्रह गरेका छन् ।
उक्त गीतले कोरियनहरुले कुकुरको मासु खान्छ भन्ने कुरालाई इन्कित गर्दछ ।
दक्षिण कोरियाली स्टार पार्कले समर्थकहरुलाई अपमान गर्ने बारेमा नसोचेपनि सो गीतले युवा खेलाडीहरुलाई असहज महसुस गराउने कुरामा सचेत हुनुपर्ने बताए ।
पार्कले युनाईटेका लागि २ सय खेल खेल्दा धरै उपाधिहरु जिताएका थिए । जसमध्ये चारवटा प्रिमियर लिग तथा एउटा च्याम्पियन्स लिगको उपाधि थियो ।
उनले सन् २०१२ मा क्लब छाडेपनि समर्थकहरुले अझैपनि उनको गीत आउछन् र यसै सिजनमा उल्भ्सविरुद्धको खेलमा पनि गाएका थिए ।
उल्भ्सले हालसाथै दक्षिण कोरियाका हि-चान ह्वाङलाई क्लबमा भित्र्याएका छन् ।
‘कोरियामा धेरै कुराहरु परिवर्तन भइसकेको छ । विगतमा मानिसहरुले कुकुर खाने भएपनि अहिलेको अवस्थामा खासगरी युवाहरुले यसलाई घृणा गर्छन,’ पार्कले भने ।
‘युनाईटेडका समर्थकले सो गीत गाउनु उनका लागि कुनै अपराध नभएपनि समर्थकहरुलाई सो शब्द ‘कुकुरको मासु’ बन्द गर्नुपर्ने भन्नेबारे सिकाउन आवश्यक रहेको छ किनभने यो अहिले कोरियाली जनताका लागि एक जातीय अपमानको रुपमा रहेको छ,’ पार्कले थपे ।
यता म्यानचेस्टर युनाईटेडले आफ्नो वेवसाईटमा पार्कलाई पूर्ण रुपमा समर्थन गर्दै समर्थकहरुलाई उनको चाहनाको सम्मान गर्न आग्रह गरेको छ ।