काठमाडौं । लिभरपुलका फरवार्ड मोहमद सलाह अहिलेको अवस्थामा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा राम्रो खेलाडी रहेको ब्ल्याकवर्न रोभर्सका पूर्व स्ट्राइकर क्रिस सट्टनले बताएका छन् ।
सट्टनका अनुसार सलाह अहिले विश्वकै सर्वश्रेष्ठ खेलाडी हुन् ।
इंग्ल्यान्डका पूर्व स्ट्राईकर एलन शिएररले म्यानचेस्टर सिटीविरुद्धको सलाहको गोललाई प्रिमियर लिग युगको सर्वश्रेष्ठ गोल मध्येको एक गोलको रुपमा वर्णन गरेका छन् ।
२९ वर्षीय सलाहले यस सिजनमा ९ गोल गरिसकेका छन् । उनले सेप्टेम्बरमा १ सय लिग गोल समेत पूरा गरेका थिए ।
लगातार एकैखाले प्रदर्शन गरिरहेकाले उनी यस समयकै विश्वकै सर्वश्रेष्ठ खेलाडी भएको सट्टनले बताए ।
चेल्सीका पूर्व फरवार्ड सलाहले पछिल्ला तीन सिजनको प्रिमियर लिगमा एभरेजमा २१ गोल गरेका छन् । सन् २०१७-१८ को संस्करणमा ३२ गोल गरेका थिए ।