पहिलो हाफमा श्रीलंकाविरुद्ध नेपाल १-० ले अघि
सोमबार, १८ आश्विन २०७८खेलपाटी संवाददाता

Photo - Adhadhu
काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले अहिले श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ३३ औं मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका हुन् ।
सुमनको यो नेपालका लागि पहिलो गोल हो ।
नेपालले दोस्रो खेलको रुपमा श्रीलंकासँग खेलिरहेको हो ।
पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १-० ले हराएको थियो ।





-1776247934011.jpg&w=3840&q=75)



-1776255486335.jpeg&w=3840&q=75)



