• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपालको खेल प्रत्यक्ष प्रशारण हुने
खेलपाटी संवाददाता
सोमबार, असोज १८, २०७८ खेलपाटी संवाददाता
नेपालको खेल प्रत्यक्ष प्रशारण हुने

काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) अन्तर्गत नेपालको खेल प्रत्यक्ष प्रशारण हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ अन्तर्गत नेपालको खेल प्रत्यक्ष हेर्न पाइने बताएको छ ।

एन्फाका अनुसार साफका खेल डिस होम अन्तर्गतको एक्सन स्पोर्टसबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

नेपालले साफ अन्तर्गत सोमबार श्रीलंकासँग खेल्दैछ । खेल राति सवाँ ९ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १-० ले हराएको थियो ।

कसरी हेर्न पाउने भए दर्शकले ?

माल्दिभ्समा आयोजित साफ प्रतियोगितामा नेपालले पहिलो खेल घरेलु टोलीविरुद्ध खेलेको थियो । खेलको प्रत्यक्ष प्रशारण नहुँदा एन्फा लगायतको चर्को आलोचना भएको थियो ।

माल्दिभ्स फुटबल संघले प्रत्यक्ष प्रशारणका लागि ४० हजार डलर माग गरेको थियो । तर एन्फाले सार्वजनीक रुपमा आह्वान गरेको टेण्डरमा कुनैपनि कम्पनी सहभागी भएनन् ।

माल्दिभ्स एफ एले निर्धारण गरेको ४० हजार डलर निकै महङ्गो रहेको स्वयम एन्फाको समेत बुझाई थियो । नेपालले खेल्ने निश्चित भएको कम्तिमा ४ खेलका लागि ४० हजार डलर हाल्न कोही पनि सञ्चार संस्था र बिज्ञापन एजेन्सी तयार भएका थिएनन् ।

आफ्नै देशको फुटबल हेर्न नपाएपछि दर्शक तथा फुटबल समर्थकले एन्फा र नेतृत्वको सार्वजनीक रुपमा आलोचना गरेका थिए ।

कुनै कम्पनी तयारी नभएपछि सम्बन्धित देशको खेल निशुल्क हेर्न दिन एन्फाले साफ र माल्दिभ्सलाई आग्रह गरेको थियो । तर आयोजनाको अधिकार पाएको माल्दिभ्सले एन्फाको प्रस्ताव स्विकार गरेका थिएन ।

लगातारको एन्फाको आग्रहपछि माल्दिभ्सले २५ हजार डलरमा प्रतियोगिताका बाँकी खेल दिने सहमती जनायो । सोही अनुसार एन्फाले २५ हजार डलर तिर्ने सञ्चार संस्था र एजेन्सीको खोजी गरेको थियो ।

अन्तिम समयमा आएर डिस होम अन्तर्गतको एक्सन स्पोर्टसले नेपालको बाँकी खेल प्रत्यक्ष प्रशारण गर्न पाएको छ । एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रशारण गर्न डिस होमले २५ हजार अमेरिकी डलर माल्दिभ्सको एफ एलाई तिर्न तयार भएको छ ।

आफ्नै देशको खेल हेर्न नपाउने भएपछि दर्शक तथा समर्थक एन्फा र नेतृत्वसँग रुष्ट थिए । तर एन्फालाई माल्दिभ्सले राखेको शर्त पुरा गर्ने सञ्चार संस्था र एजेन्सी नपाएर हैरान थियो ।

डिस होमले खेलको प्रत्यक्ष प्रशारणको जिम्मेवारी वहन गरेपछि एन्फालाई भने अब 'चैन' मिलेको छ । दर्शकले घरमै टिभीमार्फत नेपालको खेल प्रत्यक्ष हेर्न पाउने भएका छन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
कप्तान किरण ब्रान्ड एम्बेसडर
कप्तान किरण ब्रान्ड एम्बेसडर
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
केन्द्रमा मेसी
केन्द्रमा मेसी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP