काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत श्रीलंकाविरुद्धको खेलका लागि नेपालको सुरुआती-११ घोषणा भएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ को घोषणा गरेको हो ।
नेपालले दोस्रो खेलको रुपमा श्रीलंकासँग खेल्न लागेको हो ।
पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १-० ले हराएको थियो ।
श्रीलंकाविरुद्धको खेलबाट दुई खेलाडी परिवर्तन गरिएको छ ।
माल्दिभ्सविरुद्ध सुरुआती-११ मा रहेका सुजल श्रेष्ठको स्थानमा विशाल राई र दिनेश राजवंशीको स्थानमा सुमन लामाले मौका पाएका छन् ।
नेपाली टिम -
गोलकिपर- किरण चेम्जोङ
डिफेन्डर - सुमन लामा, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन आर्यल
मिडफिल्डर - रोहित चन्द, पुजन उपरकोटी, तेज तामाङ
फरवार्ड - नवयुग श्रेष्ठ, अन्जन विष्ट, विशाल राई
