काठमाडौं । इटालियन सिरी ए फुटबलमा नापोलीले लगातार सातौं जित निकालेको छ ।
आइतबार राति भएको खेलमा फियोरेन्टिनालाई २-१ गोल अन्तरले पराजित गर्दै नापोलीले लगातार सातौं जित निकालेको हो ।
फियोरेन्टिनाको मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर नापोलीले जित निकालेको हो ।
खेलको २८ औं मिनेटमा लुकास मार्टिनेजले गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए।
खेलको ३९ औं मिनेटमा हिर्भिङ लोरेन्जोले गोल गर्दै नापोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसअघि नापोलीका लोरेन्जो इन्साइनले पेनाल्टीमा गोल गर्न सकेनन् ।
त्यसपछि खेलको ५० औं मिनेटमा अमिर राह्मानीले गोल गर्दै नापोलीलाई २-१ को जित दिलाए ।
जितसँगै नापोलीले ७ खेलमा २१ अंक जोडेको छ । नापोली शीर्ष स्थानमा यथावत रहेको छ ।
फियोरेन्टिना १२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।