काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा मिलानले एट्लान्टालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
एट्लान्टाको मैदानमा खेलको पहिलो मिनेटमै डाभिड कलाब्रियाले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।
खेलको ४३ औं मिनेटमा सान्ड्रो टोनालीले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

७८ औं मिनेटमा राफेल लियोले गोल गर्दा मिलानको अग्रता ३-० को बन्यो ।
खेलको ८६ औं मिनेटमा डुभान जापटाले गोल गर्दै एट्लान्टालाई ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा एट्लान्टाका मारियो पासालीचले गोल गरेपनि मिलान ३-२ ले विजयी भयो ।
यस जितसँगै मिलानले ७ खेलमा १९ अंक जोडेको छ ।
मिलान लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
एट्लान्टा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
