काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेका छन् ।
आइतबार राति भएको रोमान्चक खेलमा लिभरपुल र सिटीले २-२ गोलको बराबरी खेलेको हो ।
एनफिल्डमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
तर, खेलको ५९ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६९ औं मिनेटमा फिल फोडेनले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

७६ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै पुन: लिभरपुललाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ८१ औं मिनेटमा केभिन डी ब्रुएनाले गोल गर्दै सिटीलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
लिभरपुल ७ खेलमा १५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
सिटी १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

