काठमाडौं । फ्रेन्च लिग वान फुटबल पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ।
आइतबार भएको खेलमा पीएसजी रेनससँग २-० गोल अन्तरले पराजित भएको हो ।
रेनसको जितमा गेटन लाबोर्डे र फ्लाभिन टइटले एक एक गोल गरे ।
खेलको ४५ औं मिनेटमा लाबोर्डेले गोल गर्दै रेनसलाई सुरुआती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ४६ औं मिनेटमा फ्लाभिनले गोल गर्दै रेनसलाई २-० को जित दिलाए ।
प्रशिक्षक मौरिसियो पोचिटिनोले लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पेलाई सुरुवाती रोजाइमा उतारेका थिए । तर मुख्य तीन फरवार्डले विपक्षीविरुद्ध गोल गर्न भने सकेनन् ।
पीएसजीमा तीन ठुला स्टार बीचको तालमेल मिल्न सकिरहेको छैन ।
पीएसजी आएपछि मेस्सीले पहिलो हार ब्यहोरेका हुन् ।
पोचिटिनो नेतृत्वको टिमले कुनैपनि प्रहार पोस्टमा गर्न सकेन । यद्धपी तीनै खेलाडी पहिलो रोजाइको रुपमा मैदान छिरेका थिए ।
अप्रिलपछि पीएसजी पहिलो पटक पराजित बनेको हो । अन्तिम पटक पीएसजी गत सिजन लिग च्याम्पियन लिलीसँग पराजित बनेको थियो ।
जितसँगै रेनसले ९ खेलमा १२ अंक जोडेको छ । रेनस आठौं स्थानमा रहेको छ ।
पीएसजीको यो सिजनकाे पहिलो हार हो ।
शीर्ष स्थानको पीएसजीले २४ अंक जोडेको छ ।