काठमाडौं । मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता कात्तिकमा आयोजना हुने भएको छ।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा हुने प्रतियोगिता कात्तिक ६ देखि १६ गतेसम्म हुनेछ । खेल एन्फा कम्प्लेक्समा हुनेछ भने फाइनल दशरथ रंगशालामा हुनेछ ।
प्रतियोगितामा १० देखि १६ टिमको सहभागिता रहने आयोजकले फुटबलर्स मिसन टुगेदरले आइतबार पत्रकार सम्मेलनबाट जानकारी गराएको छ ।
प्रतियोगितामा ३ जना ३५ वर्षमाथिको र बाँकी खेलाडी ४० वर्ष माथिको हुनुपर्नेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगिताको प्रायोजक महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका रहने छन् ।
प्रतियोगिता सहभागिताको आधारमा लिगकम नकआउट र नकआउटको आधारमा खेलाईने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिता आयोजनाका लागि कुल २५ लाख खर्च हुने अनिमान गरिएको छ । टिकटबाट उठेको रकमको अक्षयकोष खडा गर्दै विपन्न खेलाडीको स्वास्थ्य उपचारको लागि खर्च गरिनेछ ।
