काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले अग्स्बर्गलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा राफायल गुईरेरियोले दशौँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै डर्टमण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ३५ औं मिनेटमा एन्डी जेकिरीले गोल गर्दै अग्स्बर्गलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ५१ औं मिनेटमा जुलियन ब्रान्टले गोल गर्दै डर्टमण्डलाई २-१ को जित दिलाए ।
यस जितसँगै डर्टमण्ड दोस्रो स्थानमा उक्लिएको छ ।
डर्टमण्डले ७ खेलमा १५ अंक जोडेको छ ।
अग्स्बर्ग ५ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
अर्को खेलमा आरबी लाइपजिगले बोचुममाथि ३-० गोलको जित निकालेको छ ।