बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

रत्न र सुनिलको जोडीको विजयी सुरुवात

बिहिबार, १४ आश्विन २०७८खेलपाटी संवाददाता
रत्न र सुनिलको जोडीको विजयी सुरुवात
Loading ad...
mustang rice ad

काठमाडौं । ११ स्टार क्लबका रत्न बज्राचार्य र सुनिल शाक्यको जोडी बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ मा पुरुष युगल तर्फ बिजयी सुरुवात गर्न सफल भएका छन् ।

रत्न र सुनिलको जोडीले आयोजक क्लबका पूर्णभक्त चित्रकार र अनिल महर्जनको जोडीलाई २१–८, २१–१२ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् ।

बालकुमारी रिमिक्स क्लबको आयोजनामा बिहीबार सुरु प्रतियोगितामा महालक्ष्मी टोल विकासका रञ्जित घतानी र सुक्र तामाङ्गको जोडी ठेचो ब्याडमिन्टन क्लबका बिशाल बस्नेत र ईन्द्र कार्कीको जोडीसँग २१–१०, २१–१२ को सेटमा पराजित हुन पुगे ।

आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगिताका पुरुष युगलका अन्य खेलमा आयोजक क्लबका राजेन्द्र महर्जन लापा र ए महर्जनको जोडीले भानुदयका अजय महर्जन र सुजन महर्जनको जोडीलाई २१–४, २१–१२ ले, किशोर ब्यञ्जनकार र किरण महर्जनको जोडीले चासिडोल युवा क्लबका अनुप गौतम र राम कुमार थापाको जोडीलाई २१–११, २१–१० ले, प्रयाग पोखरी ब्याडमिन्टन क्लबका उज्वल दाहाल र श्रृजन ताम्राकारको जोडीले रिभाईभका सन्तोष भट्टराई र मुकुन्द थापाको जोडीलाई २१–१४, २१–१५ ले, आयोजकका सुजिप महर्जन र उज्वल शाक्यको जोडीले ईमाडोल ब्याडमिन्टन स्पोर्टस्का राजु घिमिरे र प्रविन कार्कीको जोडीलाई २१–१७, २१–१६ ले, सुनाकोठी ब्याडमिन्टन क्लबका रविन्द्र महर्जन र राजकृष्ण महर्जनको जोडीले महाबौद्ध युथ क्लबका आर्यन शाक्य र सुमेध शाक्यको जोडीलाई १३–२१, २१–१५, २१–१५ ले पराजित गर्दै दोश्रो चरणको यात्रा तय गरे ।

यस्तै गरि दोश्रो चरण प्रवेश गर्ने अन्यमा आयोजकका ज्ञानेन्द्र महर्जन र कपिल महर्जनको जोडी तथा दिपेन महर्जन र भुवन श्रेष्ठको जोडी, योङ्गस्टार ब्याडमिन्टन क्लबका शान्ता शाक्य र सुशन शाक्यको जोडी, आयोजक रिमिक्सका दिप्रिश मुनि बज्राचार्य र सुमन शाक्यको जोडी, बालकुमारी ब्याडमिन्टन क्लबका चन्द्र महर्जन र सुरेन्द्र मजर्हनको जोडी, श्री बालकुमारी सृजन क्लबका दीपक थापा मगर र राजेश थापा मगरको जोडी, सैवु ब्याडमिन्टन सर्कलका शान राई र अन्जन थापाको जोडी, रिभाईभका राम के.सी. र अजय थापाको जोडी, आयोजकका प्रदीप पौडेल र राजेश रुम्बाको जोडी, क्लब ७ का थम राना र रमेश ठकुरीको जोडी, ईमाडोल ब्याडमिन्टन स्पोर्टस्का हरि दर्नाल र कृष्ण खड्काको जोडी रहेका छन् ।

यसै गरि प्रयाग पोखरीका मिलन महर्जन र सुमन शाही, हरिशिद्धी ब्याडमिन्टन क्लबका श्याम महर्जन र शिरिष महर्जन, आयोजकका शान्ता डङ्गोल र राकेश शाक्य, ईमाडोल ब्याडमिन्टन स्पोर्टस्का निरजा राई र राज शाक्य, थेचो ब्याडमिन्टन क्लबका सुरोज श्रेष्ठ र कृष्ण कुमार ठकुरी, आयोजकका डिकेन महर्जन र सुगत रत्न शाक्य, बालकुमारी ब्याडमिन्टन क्लबका प्रदीप महर्जन र सुशिल महर्जन, श्रीकृष्ण ब्याडमिन्टन क्लबका नविन मजर्हन र हरिकृष्ण शर्मा, इमाडोल ब्याडमिन्टन स्पोर्टस्का मदन डङ्गोल र दिपेन थापा मगर, भैसेपाटी क्लबका दिनेश खड्का र राजमान महर्जन तथा चासिडोल युवा क्लबका विमल ढुङ्गेल र सुरेश कोईरालाको जोडीले पनि आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए ।

प्रतियोगितामा विजयी शीर्ष तीन टिमले मेडल, ट्रफी, प्रमाण पत्रका साथै पुरुष युगल तर्फ प्रथमले ६५ हजार, द्वितीयले ४० हजार र तृतीय द्वयले २०–२० हजार तथा भेट्रान्स तर्फ प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीय द्वयले १०–१० हजार प्राप्त गर्ने संयोजक चित्रकारले बताए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको पनि ९००औं गोल

मेसीको पनि ९००औं गोल

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक