काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा कीर्तिमान बनाएका छन् ।
पोर्चुगिज फरवार्ड रोनाल्डोले सर्वाधिक धेरै च्याम्पियन्स लिग खेल्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा युनाईटेडले आज भिल्ला रियलसँग खेल्दैछ । उक्त खेलका लागि सुरुवाती-११ मा पर्दै रोनाल्डोले कीर्तिमान बनाएका हुन्।
भिल्लाविरुद्धको खेल रोनाल्डोका लागि १ सय ७८ औं च्याम्पियन्स लिग खेल हो ।
रोनाल्डोले इकर क्यासिलासको कीर्तिमान तोडेका हुन् ।
रियल मड्रिडका पूर्व गोलकिपर इकरले १ सय ७७ औं च्याम्पियन्स लिग खेलेका छन् ।