काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता ईन्डोनेसियाको लिग वान फुटबलमा बराबरीमा रोकिएको छ ।
मंगलबार भएको खेलमा जकार्ताले पेर्सितासँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा जकार्ता बराबरीमा रोकिएको हो ।
खेलको ३१ औं मिनेटमा रोहित चन्दले गोल गर्दै जकार्तालाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ४२ औं मिनेटमा इर्स्याद मौलानाले गोल गर्दै पेर्सितालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै जकार्ताले ५ खेलमा ७ अंक जोडेको छ । जकार्ता सातौं स्थानमा रहेको छ ।
पेर्सिताले ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।