शुक्रबार, २५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

एनभीए भलिबल च्याम्पियनसिपमा आज ६ खेल

सोमबार, ११ आश्विन २०७८खेलपाटी संवाददाता
एनभीए भलिबल च्याम्पियनसिपमा आज ६ खेल
mustang rice ad

काठमाडौं । राजधानीमा जारी छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत आज मंगलबार पुरुष र महिलातर्फ गरि ६ खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज पुरुषतर्फ ४ र महिलातर्फ २ खेलहरु हुने छन् ।

आज हुने महिलातर्फको पहिलो खेलमा एपीएफ क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र ढोरपाटनबीचको खेल बिहान ८ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा महिलाकै न्यु डाईमण्ड स्पोर्ट्स क्लब र एभरेष्ट क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ । यस खेल बिहान १० बजे सुरु हुनेछ ।

पुरुषको पहिलो खेलमा हेल्प नेपाल र प्रदेश-२ बीच प्रतिस्पर्धा हुनेछ । यस खेल १२ बजे सुरु हुनेछ ।

पुरुषको दोस्रो खेलमा मणिमुकुन्द भलिबल क्लबले गण्डकी प्रदेशसँग खेल्नेछ । यस खेल २ बजे सुरु हुनेछ ।

तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र नयाँ बजार सामाजिक युवाबीच खेल हुनेछ । यस खेल दिउँसो ४ बजे सुरु हुनेछ ।

पुरुषको चौंथो खेलमा एपीएफले बुढानिलकण्ठ भलिबल क्लबसँग खेल्नेछ । उक्त खेल साँझ ६ बजे सुरु हुनेछ ।

च्याम्पियनसिपको सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गर्नेछ । 

नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।

पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।  हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ ।

महिलातर्फ ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।  हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।

च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।

महिला पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन्  ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।

पाँचौ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल र महिलामा एपिएफ क्लब च्याम्पियन बनेको थियो ।  

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विभागीय डर्बीमा पुलिसको सहज जित

विभागीय डर्बीमा पुलिसको सहज जित

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

प्रतिभा एनभीए च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी

प्रतिभा एनभीए च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी

Bajaj Pulsar Motorcycle Ad
दुई डिफेन्डरको चोटले झट्कामा सिटी

दुई डिफेन्डरको चोटले झट्कामा सिटी

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

सन्न्यासपछि कोच बन्न चाहँदैनन् मेसी

सन्न्यासपछि कोच बन्न चाहँदैनन् मेसी

 राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

विभागीय डर्बीमा पुलिसको सहज जित

विभागीय डर्बीमा पुलिसको सहज जित

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो