रियाको शल्यक्रिया सफल

काठमाडौं । न्यू डायमण्ड स्पोर्ट्स क्लबकी स्पाइकर रिया कुँवरको घुँडाको सफल शल्यक्रिया गरिएको छ।
वीर अस्पतालको ट्रमा सेन्टरमा सोमबार रियाको सफल शल्यक्रिया गरिएको हो।
हाडजोर्नीका सर्जन भद्र हमालको टिमले रियाको सफल शल्यक्रिया गरेको हो ।
न्यू डायमण्डका मुख्य प्रशिक्षक कुमार राईले शल्यक्रिया शफल भएको खेलपाटीलाई जानकारी गराए ।
'रियाको शल्यक्रिया सफल भएको छ । डाक्टर भद्र हमालको टिमले शल्यक्रिया गरेको हो,' प्रशिक्षक राईले भने ।

महिला भलिबलमा उदाउँदो खेलाडीको रुपमा रहेकी रियाले अभ्यासको क्रममा चोट बोकेकी थिइन् ।
रियाको घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको थियो ।
अब रिया करिब १० महिना मैदान बाहिर रहने छिन् ।
रियाले छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप गुमाउने छिन् ।
च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन हुने जनाएको छ ।











-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



