बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

रत्नजित र  प्रिन्स प्रि–क्वाटरफाइनलमा

आइतबार, ०३ आश्विन २०७८खेलपाटी संवाददाता
रत्नजित र  प्रिन्स प्रि–क्वाटरफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ, आयोजक रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र आर्मीमा प्रफुल महर्जन प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अन्तरगत पुरुष एकको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा आइतबार भएको राउन्ड अफ ३२ को खेलमा वाइ पाएर दोस्रो चरणमा खेलेका रत्नजित तामाङले आर्मीकै आयुष्मान नागरीलाई २१–९ र २१–८ सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । यस्तै आयोजक लिजर पार्कका प्रिन्स दाहालले कपिलवस्तु ब्याडमिन्टन क्लबका रोहित बरालमाथि २१–६ र २१–७ को सोझो सेटमा पराजित गर्दै प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

आर्मीकै पविन लिङ्थेप र प्रफुल महर्जनले पनि अन्तिम १६ मा स्थान बनाएका छन् । पविनले नेपाल एपिफ क्लबका पेम्वा शेर्पालाई २१–१७ र २१–१४ तथा प्रफुलले विर्ता ब्याडमिन्टन क्लबका नविन सिलवाललाई २१–१० र २१–८ ले हराए । एपिएफका सुमन लिम्बुले देवीनगर ब्याडमिन्टन क्लबका एडिस कार्कीलाई २१–१५ र २१–११ ले हराए । यस्तै लोकान्तरका सुदिप सेढाईले चितवनका राजु थापामाथि २१–१७ र २१–१२ को सहज जित निकाले ।

काठमाडौं ब्याडमिन्टन एकेडेमीका दिपन गायकले आफ्नै एकेडेमीका बविस थापालाई १३–२१, २१–१६ र २३–२१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भए । पुलिसका पुर्ण बहादुर थापाले भक्तपुर ब्याडमिन्टन एसोसिएसनका विवेक भट्टराईलाई २१–९ र २१–१२ ले हराए । पाँचथरका एसिया जवेगुले आर्मीका विवेक चौधरीलाई २१–११ र २१–१५ को सेटमा पाखा लगाए ।

साइनो स्पोर्ट्सका सुजन थापाले कैलाली ब्याडमिन्टन क्लबका चक्र साउदलाई २१–१६ र २१–१९ ले तथा एपिएफका प्रियान्सु सिंह क्षेत्रीले आफ्नै क्लबका निराजन देवकोटालाई २१–१३ र २१–१५ ले हराए । एपिएफका गौतम सिंह कठायतले पीएफसी ब्याडमिन्टन क्लबका अभिनास कार्कीलाई २१–१२ र २१–१४ ले हराए । सेनाका गोकुल जोराले काठमाडौं ब्याडमिन्टन एकेडेमीका स्वयम मानन्धरलाई २१–१२, १७–२१ र २१–१५ ले तथा एपिएफका साजन कृष्ण ताम्रकारले कपिलवस्तुका अभय महरामाथि २१–११ र २१–११ को सोझो सेटमा हराउँदै अन्तिम १६ मा स्थान पक्का गरे ।

आर्मीका रुकेश महर्जनले नेपाल पुलिस क्लबका जीवन आचार्यबाट तथा भोज बहादुर गुरुङले एपिएफका विजित थापामगरबाट वाकओभर पाए । पुरुष युगलतर्फ पनि प्रि–क्वाटरफाइनल समिकरण पुरा भएको छ । पुरुष युगलमा आर्मीका पविन लिङ्थेप र सुरोज महर्जन, कपिलवस्तुका रोहित बराल र अभय महरा, साइनो स्पोर्ट्स क्लबका राम बानियाँ र सुजन थापा, पाँचथर र विर्ता बीसीका एसिया जवेगु र नविन सिलवाल, एपिएफका प्रियान्सु सिंह क्षेत्री र पेम्वा शेर्पा, बीबीसीका विश्वास रिमाल र गणेश रायमाझीको जोडीले प्रि–क्वाटरफाइनलमा स्थान बनाए ।

यस्तै चन्द्रागिरी ब्याडमिन्टन क्लबका रामसिंह चौधरी र राज कुमार पोखरेल, बालकुमारी रिमिक्स ब्याडमिन्टन क्लबका ससिन डंगोल र सुमित महर्जन, कैलाली ब्याडमिन्टन क्लबका दितिक न्यौपाने र चक्र साउद, कास्कीका विधान अधिकारी र विशाल खड्का, सेती पुरीका नन्दु लिम्बु र तुल्सी पुरी, पीएससी ब्याडमिन्टन क्लबका अभिनास कार्की र रामहाङ राई र मनकामना स्पोर्ट्स क्लबका बी बस्नेत र पि सिंह ठकुरीले आ–आफ्नो प्रतिद्धन्द्धीलाई पाखा लगाउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरे ।

यस्तै ४५ वर्षमाथिको भेटरान्स डबल्सको प्रि–क्वाटरफाइनल समिकरण पुरा भएको छ ।

च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिको भेट्रान्स युगल गरि ४ विधामा खुल्ला प्रतिस्पर्धा हुने छ । करिव १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

पुरुष एकल र महिला एकलका विजयी शिर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् । यस्तै पुरुष युगल तर्फ शीर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ बर्ष माथिको भेट्रान्स युगलतर्फ शीर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् । च्याम्पियनसिप ५ असोजसम्म चल्नेछ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको पनि ९००औं गोल

मेसीको पनि ९००औं गोल

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक