कोहली भन्छन्, ‘आलोचना नै प्रेरणा’
२०२१ सेप्टेम्बर ७, मङ्गलबारखेलपाटी संवाददाता

काठमाडौं । भारतीय कप्तान विराट कोहली भन्छन्, टिमको बढी भन्दा बढी आलोचना नै ओभलमा प्राप्त जितको कारण हो ।
हेडिंग्लेमा भएको तेस्रो टेस्ट गुमाएपछि आलोचकले कोहलीसँगै पूरा भारतीय टिमको आलोचना गरेको थियो । अझ दाबी थियो, भारतले अब चौथो टेस्टमा खराब खेल्नेछ र सिरिज गुमाउने छ ।
तर यस्तै आलोचना भारतका लागि प्रेरणा बनेको छ । भारतले चौथो टेस्टको अन्तिम दिन इंग्ल्यान्डलाई १ सय ५७ रनले पराजित गरेको हो ।
तर यस्तै आलोचना भारतका लागि प्रेरणा बनेको छ । भारतले चौथो टेस्टको अन्तिम दिन इंग्ल्यान्डलाई १ सय ५७ रनले पराजित गरेको हो ।
जितका लागि ३ सय ६८ रनको लक्ष्य पछ्याइरहेको इंग्ल्यान्ड आफ्नो दोस्रो इनिङ्समा २ सय १० रन मात्र बनाउन सक्यो । इंग्ल्यान्डले विना कुनै विकेटको क्षतिबाट अगाडि खेल्न सुरु गरेको थियो ।
र, लागिरहेको थियो, जित इंग्ल्यान्डको हुन बेर छैन् । तर इंग्ल्यान्ड लञ्चपछि नाटकीय पतनको शिकार भयो । यस जितसँगै भारतले पाँच टेस्टको शृंखलामा २–१ ले अग्रता लिएको छ ।
अब ओल्ड ट्राफोर्डमा पाँचौं तथा अन्तिम टेस्ट हुनेछ । त्यसमा बराबरीको नतिजा नै भारतलाई सिरिज दिलाउन पर्याप्त हुनेछ ।

–बीबीसीको सहयोगमा ।
र, लागिरहेको थियो, जित इंग्ल्यान्डको हुन बेर छैन् । तर इंग्ल्यान्ड लञ्चपछि नाटकीय पतनको शिकार भयो । यस जितसँगै भारतले पाँच टेस्टको शृंखलामा २–१ ले अग्रता लिएको छ ।

कोहलीले भनेका छन्, ‘हामी एक पल्ट होइन्, धेरै पल्ट हामी अब्बल दर्जाको टिम हौं भनेर सिद्ध गरिसकेका छौं । त्यसैले हामीमाथि हाम्रै विश्वास पनि छ ।’
अब ओल्ड ट्राफोर्डमा पाँचौं तथा अन्तिम टेस्ट हुनेछ । त्यसमा बराबरीको नतिजा नै भारतलाई सिरिज दिलाउन पर्याप्त हुनेछ ।
तर कोहली र भारतीय टिमले त्यसमा पनि आक्रामक भएर खेल्ने प्रयास गर्नेछ ।
कोहली कप्तान भएयता भारतीय टिमले यस्तै छवि बनाएको छ, जुनसुकै परिस्थितिमा पनि आक्रामक भएर प्रस्तुत हुने ।

–बीबीसीको सहयोगमा ।