काठमाडौं । सन् २०११ को जुन २९ मा नेपालले एसियाली विश्वकप छनोटको पहिलो चरणको पहिलो लेगमा इस्ट टिमोरको सामना गरेको थियो ।
दुई लेगका दुवै खेल खेल्न इस्ट टिमोर काठमाडौं आएको थियो । त्यस पहिलो खेलमा चौथो रोजाईका गोलरक्षक थिए, विशाल श्रेष्ठ ।
त्यति बेला उनी भर्खरका किशोर थिए, उनलाई मनमा लागेको हुनु पर्छ, अब नेपालका लागि खेलिनेछ ।
तर, यो साँच्चै पूरा हुन ३ हजार ७ सय १६ दिन कुर्नु पर्यो । केही कसैका लागि प्रतीक्षा गर्नु कति गाह्रो हुन्छ र यो पूरा हुँदा त्यसले के कस्तो खुसी दिन्छ, त्यो अब विशाललाई सोधे हुन्छ ।
पूरा खेल जीवनमा कहिले पनि नेपालका लागि डेब्यु गर्न नपाउने डरबीच विशालले सन् २०२१ सेप्टेम्बर ५ मा अन्तत: पहिलो पल्ट खेले ।

अवसर थियो, त्यही भारतविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल । खेलको ८६ औं मिनेटमा किरण चेम्जोङको स्थानमा उनी मैदान प्रवेश गरेका थिए । उनलाई अब्दुल्लाह अल्मुताइरीले डेब्युको अवसर जुराए ।
सन् २०११ को विश्वकप छनोटका बेला नेपाली टिमका प्रशिक्षक थिए, ग्रोहम रोबर्टस । रोबर्टसले त्यस पछिलो चरणका दुई खेलका लागि २४ सदस्यीय टिम घोषणा गरेको थियो ।
त्यसमा परेका अन्य तीन गोलरक्षक थिए, किरण, अहिलेका गोलरक्षक प्रशिक्षक विकाश मल्ल र आजीवन प्रतिबन्धमा परेका रितेश थापा ।

नेपालले गत वर्ष दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्न बंगलादेश जाने बेला पनि उनले झण्डै डेब्युको अवसर पाउन थालेका थिए, तर पूरा भएन् । आखिरमा उनको पहिलो खेलका लागि दशरथ रंगशालानै लेखिएको थियो ।
र, यो पनि ...
राष्ट्रिय टिममा विशालको डेब्यु
के विशालले मौका पाउने छन् त ?