काठमाडौं । गोलकिपर विशाल श्रेष्ठले राष्ट्रिय टिममा डेब्यु गरेका छन् ।
भारतविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत दोस्रो हाफमा मैदान प्रवेश गर्दै विशालले डेब्यु गरेका हुन् ।
किरणको स्थानमा मैदान प्रवेश गर्दै विशालले डेब्यु गरेका हुन् ।
लामो समय राष्ट्रिय टिममा रहेपनि उनले डेब्युको अवसर पाएका थिएनन् ।
विशाल राष्ट्रिय टिमका अभागी खेलाडी मानिन्थे । किरण चेम्जोङको उत्कृष्ट प्रर्दशन अघि विशाल छायाँमा पर्ने गरेका थिए ।
गत जेठमा नेपाल विश्वकप छनोट खेल्ने समय बिशाल टिममा परेका थिएनन् । युवा खेलाडी दिप कार्की र विशाल सुनारले स्थान बनाउँदा उनी टिमबाट फालिएका थिए ।
उनले त्यो समय सन्यास लिने बारेपनि नसोचेका हैनन्, तर पुन राष्ट्रिय टिममा स्थान बनाउँदै मैदान उत्रने उनको इच्छा थियो ।
घरेलु फुटबलका सफल र उत्कृष्ट गोलकिपर डेब्युनै गर्न नपाएर राष्ट्रिय टिमबाट बिदा लिने हुन् कि भन्ने सबैको चासो थियो ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको मैत्रीपूर्ण खेलमा विशाललाई न्याय गर्दै डेब्यु गराए ।
हातबाट खेल फुस्किएको अवस्थामा उनले कप्तान किरण चेम्जोङको स्थानमा बिशाललाई मैदान छिराएका थिए ।
यस्तै राजन गुरुङले समेत डेब्यु गरेका छन् । उनी मनिष डाँगीको स्थानमा मैदान प्रवेश गरेका थिए ।
डिफेन्डर राजन विभागीय टिम नेपाल एपिएफ क्लबबाट खेल्ने गर्दछन् ।
उनले नेपाल सुपर लिग फुटबल काठमाडौं रेजर्सबाट खेलेका थिए ।
र, यो पनि .....
के विशालले मौका पाउने छन् त ?