आइतबार, असोज १२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

भारतसँग नेपाल स्तब्ध

२०२१ सेप्टेम्बर ५, आइतबार: ०१:३४ अपराह्नहिम बिक्रम केसी

भारतसँग नेपाल स्तब्ध
Classic Tech Internet Ad

काठमाडौं । दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई हराएको छ ।

दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्णमा भारतले नेपाललाई २–१ गोल अन्तरले हराएको हो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्री नायक रहे । उनले एक गोल गर्नुका साथै थप एक गोलको अवसर सिर्जना गरे । नेपालका तेज तामाङले एक गोल फर्काए ।

खेलको ६२ औं मिनेटमा फारुख हाजी चौधरीको गोलमा भारतले अग्रता बनाएको थियो । भारतीय डिफेन्डर चिन्गलेनसाना सिंह कोन्शामको क्रसमा सुनिल क्षेत्रीले हेडमार्फत डिबक्सभित्र उपलब्ध गराएको बलमा चौधरीले गोल गरेका थिए ।

खेलको ८० औं मिनेटमा कप्तान क्षेत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर बनाउने काम गरे । गोलका लागि हतारिएको नेपाली टिमविरुद्ध काउन्टरमा क्षेत्रीले भारतका लागि दोस्रो गोल गरेका थिए ।

खेल सकिन तीन मिनेट अघि तेजले नेपालका तर्फबाट एक गोल फर्काए । राष्ट्रिय फुटबल टिमबाट तेजले पहिलो अन्तराष्ट्रिय गोल गर्न सफल भए । झण्डै २० यार्ड टाढाबाट तेजको शक्तिशाली प्रहारले जाली चुमेको थियो । 

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भारतलाई मैत्रीपूर्ण खेलका लागि काठमाडौंमा आतिथ्यता प्रदान गरेको हो । भारतविरुद्ध दुई मैत्रीपूर्ण फुटबल खेलेर साफको अन्तिम तयारीमा जुट्ने नेपालको योजना छ ।

माल्दिभ्समा आयोजना हुने  साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ। 

बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ गोलको बराबरी खेलेको थियो ।

प्रर्दशनबाट अलमुताइरी खुसी 

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो मैत्रीपूर्ण खेलको नतिजालाई बिर्सन आग्रह गरेका छन् ।

उनले राष्ट्रिय टिमले भारतविरुद्ध उत्कृष्ट प्रर्दशन गरेको भन्दै नतिजालाई बिर्सन आग्रह गरेका हुन् ।

‘खेल मन पर्यो ?’ उनले प्रश्न गरे, ‘त्यसो भए नतिजालाई बर्सिदेउ ।’

अलमुताइरीले भारतविरुद्ध नेपालले राम्रो खेल प्रर्दशन गरेको उल्लेख गर्दै नतिजालाई सामान्य रुपमा लिन आग्रह गरे ।

‘म खुसी छु । खेलाडीको प्रर्दशनमा गर्व गर्छु । सबै चिज ठिक छ ।’ उनले भने ।

उनले भारतविरुद्धको नतिजाबाट नआत्तिन अनुरोध गरे ।

‘नतिजा खराब आएपनि प्रर्दशनबाट म धेरै खुसी छु । मसंग २४ जना गोर्खाली खेलाडी छन् । आशा गरौं हामी साफ जित्नेछौं ।’ उनले भने ।

भारतीय प्रशिक्षक इगोर स्टिम्याकले दोस्रो मैत्रीपूर्ण खेलमा दुवै टिमले राम्रो खेलेको बताए ।

‘धेरै राम्रो खेल भयो । दुवै टिमले राम्रो खेले । अघिल्लो खेलभन्दा दुवै टिमको प्रर्दशन सुधारिएको थियो ।’ उनले भने, ‘दुवै टिमका खेलाडीलाई धन्यवाद दिन आवश्यक छ ।’

स्टिम्याकले तुलनात्मक रुपमा भारत धेरै राम्रो टिम रहेको बताउँदै आफ्नो खेलाडीलाई विशेष धन्यवाद दिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फेरि नाजुक बन्दै युनाइटेड

फेरि नाजुक बन्दै युनाइटेड

हाल्यान्डको गोल वर्षा जारी

हाल्यान्डको गोल वर्षा जारी

चेल्सीको संकट जारी

चेल्सीको संकट जारी

Bajaj Pulsar Motorcycle Ad
कराते टोली मलेसिया जाने

कराते टोली मलेसिया जाने

सुनमायालाई ऐतिहासिक रजत पदक

सुनमायालाई ऐतिहासिक रजत पदक

फेरि नाजुक बन्दै युनाइटेड

फेरि नाजुक बन्दै युनाइटेड

हाल्यान्डको गोल वर्षा जारी

हाल्यान्डको गोल वर्षा जारी

चेल्सीको संकट जारी

चेल्सीको संकट जारी

लिभरपुलको अपराजित यात्रामा प्यालेसको ब्रेक

लिभरपुलको अपराजित यात्रामा प्यालेसको ब्रेक

नेपालको ऐतिहासिक जित

नेपालको ऐतिहासिक जित

मड्रिड डर्बीमा रियलले खायो ५ गोल

मड्रिड डर्बीमा रियलले खायो ५ गोल