काठमाडौं । भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती-११ घोषणा भएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा सुरुवाती-११ को घोषणा गरेको हो ।
नेपालले दोस्रो खेलमा तीन परिवर्तन गरेको छ । सुमन अर्याल, नवयुग श्रेष्ठ र अन्जन विष्ट बाहिरिएका छन् ।
सुजल श्रेष्ठ, आशिष लामा र मनिष डाँगीले सुरुवाती-११ मा स्थान बनाएका छन् ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलिरहेको छ ।
बिहीबार भएको पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
नेपाली टिम -
गोलकिपर- किरण चेम्जोङ
डिफेन्डर - दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ
मिडफिल्डर - पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा
फरवार्ड - मनिष डाँगी, आयुष घलान, आशिष लामा

भारतले पनि सुरुवाती-११ सार्वजनिक गरेको छ । भारतले ७ खेलाडी परिवर्तन गरेको छ ।
