काठमाडौं । इंग्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्यामका छोरा रोमियो बेकह्याम अमेरिकाको क्लब फोर्ट लाउडरडेल सीएफमा अनुबन्धित भएका छन्।
१९ वर्षीय रोमियोले व्यवसायिक फुटबलका लागि फ्लोरिडाको क्लबसँग सम्झौता गरेका हुन्।
रोमियोले पहिलो पटक व्यवसायिक सम्झौता गरेका हुन्।
फोर्ट लाउडरडेल अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीको शाखा क्लब हो।
इन्टरमा बेकह्यामको समेत लगानी रहेको छ।
रोमियो अनुबन्धित क्लबले अमेरिकाको लिग वानमा प्रतिस्पर्धा गर्ने गर्दछ ।