परियारलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

पोखरा । सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट दीपक परियार पुरस्कृत हुने भएका छन् ।
पत्रकार परियार १६ औं संस्करणको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएका हुन्।
सहारा क्लबले शुक्रबार कान्तिपुर राष्ट्रिय दैनिकमा आवद्ध परियारलाई क्लबको २३ औं बार्षिकोत्सवको अवसरमा भदौं ३० गते पुरस्कृत गरिने जनाएको छ ।
उक्त पुरस्कारको राशी २० हजार ५ सय ५५ रहेको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए ।
क्लबका अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले प्रतिभा छनौट समितिले दिएको सिफारिसलाई अनुमोदन गरेको हो ।
पोखरा ३२ घर भएका परियार विगत २०६४ साल देखि पत्रकारिता गर्दै आएका छन्। उनले जनदिशा दैनिक, गोर्खापत्र राष्ट्रिय दैनिक, गण्डकी खबर (सम्पादक), समाधान दैनिक, अन्नपूर्ण पोष्ट दैनिक हुदै हाल कान्तिपुर दैनिकमा आबद्ध भएका छन्।
प्रतिभा छनौट समितिको अन्य सदस्यहरुमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानिया, क्लवका मानार्थ सदस्य खेमबहादुर गुरुङ, अध्यक्ष केशव बहादुर थापा र महासचिव रामजी प्रसाद अधिकारी रहेका थिए ।
खेलकुद पत्रकारितालाई प्रथामिकता दिएर समाचार प्रकाशन एवं प्रशारणमा योगदान पुर्याउने एक जना खेल पत्रकारलाई क्लबले हरेक बर्ष आफ्नो बाषिकोत्सवमा सम्मान गर्दै आएको छ । उक्त पुरस्कारबाट यसअघि, कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदिप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल, सन्देस श्रेष्ठ, इन्द्र पौडेल सम्मानित भइसकेका छन्।








-1762154705887.png&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)



