शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

शनिबार, ०२ फाल्गुण २०८२खेलपाटी संवाददाता
एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको ‘ड्राफ्ट’ को लागि छनोट भएका १ सय ४७ नेपाली खेलाडीमा विभागीय टिमले वर्चस्व कायम गरेको छ, जसमा नेपाली सेना (त्रिभुवन आर्मी क्लब), नेपाल प्रहरी ९पुलिस क्लब० र सशस्त्र प्रहरी बल (एपीएफ क्लब) का ३५ खेलाडी परेका छन् ।

आउने चैत्र महिनामा हुने ड्राफ्टका लागि आर्मी र एपीएफका १२–१२ जना तथा पुलिसबाट ११ खेलाडी छनोट भएको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले जनाएको छ ।

त्यस्तै, मधेश प्रदेशका २३, लुम्बिनीका २०, बागमतीका १५, सुदूरपश्चिमका १५, कोशीका १४, कर्णालीका १३ र गण्डकीका १२ खेलाडीले ड्राफ्टमा स्थान बनाएका छन् । उनीहरूलाई तीन समूहमा वर्गीकरण गरी ड्राफ्टमा राखिनेछ ।

दोस्रो सिजनको लागि स्वदेशी ५ सय १२ खेलाडीले नाम दर्ता गरेका थिए । त्यसबाट १ सय ८० खेलाडीले ‘प्लेयर ट्रायल्स’ ले प्रतिस्पर्धा गरेका थिए ।

ड्राफ्टको लागि प्लेयर ट्रायल्सबाट १ सय ६ जना खेलाडी छनोट भएका हुन् भने बाँकी ४१ खेलाडी गत माघमा सम्पन्न २५ औं राष्ट्रिय कबड्डी प्रतियोगिताबाट छनोट गरिएको हो । फ्रेन्चाइजको आधारमा बनाइएका ६ सहरका ६ टिमले ड्राफ्टमार्फत् एनकेएल दोस्रो सिजनमा प्रतिस्पर्धा गर्ने टिम तयार पार्नेछन् ।

स्वदेशी खेलाडीसँगै ड्राफ्टमा बिदेशी खेलाडी पनि हुनेछन् । एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले भने, ‘यसपाली दर्जन बढी देशका उत्कृष्ट खेलाडीले नेपाल आएर एनकेएल खेल्न चाहेका छन् । दर्ता गर्ने क्रम जारी नै छ । त्यसैले ड्राफ्टमा समावेश गरिने बिदेशी खेलाडीको संख्या चाँडै सार्वजनिक गर्नेछौं ।’

बेगानी ग्रुपको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघसँग सम्झौता गरेपछि गत वर्ष एनकेएलको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको थियो ।

संघसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा ल्याइएको एनकेएलले नेपालमा व्यावसायिक कबड्डीको सुरुआत गरेको हो । अहिले दोस्रो सिजनको तयारी तीब्र गतिमा भइरहेको छ । म्यारियट होटेलमा सोमबार एक कार्यक्रम आयोजना गर्दै एनकेएल सिजन २ घोषणा गर्दैछ ।

एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रासरुटबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप पनि सुरु गरेको छ । पहिलो सिजन ६ सहरका ६ टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स ९बुटवल० र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौंमाथि ४३–४१ को जित रच्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो ।

Loading ad...
LiNing Ad
nklkabaddinepalkabaddi

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

झापा ११ लाई हराउँदै एपीएफ फाइनलमा

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार