पलेशा कास्य पदकको नजिक
शुक्रबार, भदौ १८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पारालिम्पिकको तेक्वान्दोतर्फ कास्य पदकको नजिक पुगेकी छिन् ।
के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरिरहेकी पलेशा रिपिचेजको सेमिफाइनलमा सर्बियन खेलाडी मारिया मिसेभलाई हराउँदै कास्य नजिक पुगेकी हुन् ।
पलेशाले सर्बियन खेलाडीमाथि २३-१५ को जित निकालिन ।
अब एक खेल जितेमा पलेशाले कास्य पदक जित्ने छिन् ।
पलेशाले रिपिचेजको फाइनलमा चीनकी युजी लीसँग प्रतिस्पर्धा गर्ने छिन् ।
पलेशा स्वर्ण पदकको दौडबाट भने बहिरिसकेकी छिन् ।
पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग २१-८ ले पराजित भएपछि उनको स्वर्ण यात्रा समाप्त भएको हो ।
पारालिम्पिकमा १ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली टोकियोमा छन्।







copy-1761474438174-1761833912550.avif&w=3840&q=75)
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)




-1761998475071.jpg&w=3840&q=75)


