• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपाल र भारत आज भिड्दै
खेलपाटी संवाददाता
बिहीबार, भदौ १७, २०७८ खेलपाटी संवाददाता
नेपाल र भारत आज भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज बिहीबार भारतसँग पहिलो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ।

नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल अपरान्ह ५:३० बजे सुरु हुनेछ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपाल र भारतबीचको दोस्रो खेल आइतबार हुनेछ।

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुने तालिका रहेको छ। 

बलियो टिम भारतविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्ध जित्नकै लागि खेल्ने बताएका छन्।

'भारत धेरै बलियो छ । इतिहास राम्रो छ । दुबै खेल जित्न आवश्यक छ। राष्ट्रिय टिमले खुसी बनाउने हैन गर्व गर्न लायक बनाउन आवश्यक छ,' बुधबार आयोजित प्रि-म्याच कन्फरेन्समा अलमुताइरीले भने, 'हामी बराबरीको लागि खेल्ने छैनौँ । हामी जित्नका लागि खेल्छौं ।'

फिफा वरीयतामा भारत नेपाल भन्दा माथि रहेको छ। पछिलो वरीयतामा भारत १ सय ५ औं स्थानमा रहेको छ । नेपाल १ सय ६८ औं स्थानमा रहेको छ।

यस्तै भारतविरुद्धको हेड टु हेडमा समेत नेपाल निकै पछि रहेको छ । नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ। जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ।

तर,  प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध भविष्य हेरेर प्रतिस्पर्धा गर्ने समेत बताए।  

'ईतिहास हैन, भविष्यलाई हेरेर खेल्नेछौँ। ईतिहास र वरीयताले असर गर्ने छैन । उनीहरु बलिया छन् तर हामी सच्चा गोर्खाली हौँ,' उनले भने।

नेपालले पछिल्लो पटक भारतसँग २०१७ को जुन ६ मा मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा भारत २-० ले विजयी भएको थियो।

नेपालले पछिल्लो पटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो। अनिल गुरुङ र जुमानु राईले गोल गरेपछि दशरथ रंगशालामा नेपालले भारतलाई २-१ ले हराएको थियो।

नेपाली टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले भारतविरुद्धको दुबै खेल कठिन हुने बताए।

'भारतसँग खेल कठिन हुनेछ । किनकि भारतसँगको खेल मैले जति खेले कहिले जितेको छैन। घरेलु मैदानमा खेल्न गईरहेका छौँ तर पक्कै पनि खेल कठिन हुनेछ,' किरणले भने।  

यस्तै भारतका कप्तान सुनिल क्षेत्रीले नेपालसँगको खेल सधै कठिन हुने बताए।  

'हाम्रो लागि खेल सधै कठिन हुन्छ । हामी उत्कृष्ट दिने छौँ । हामीलाई निमन्त्रणा गर्नु भएकोमा धेरै धन्यवाद,' उनले भने ।

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले नेपालविरुद्धको खेल सहज नहुने तर खेलका लागि टिम तयार रहेको बताए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
मियामीको जितमा मेसीको २ गोल
मियामीको जितमा मेसीको २ गोल
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP