मड्रिड डर्बीमा रियलले खायो ५ गोल

काठमाडौं। जुलियन आल्भारेजको दुई गोलसँगै एट्लेटिकोले शनिबार ला लिगा शीर्षमा रहेको रियललाई ५–२ ले हराउँदै मड्रिड डर्बीमा सानदार जित दर्ता गरेको छ। यससँगै रियलको अपराजित यात्रा पनि रोकिएको छ।
जाभी अलोन्सोको टोलीले यसअघि लगातार ६ खेल जितेको थियो। तर, डिएगो सिमोनको एट्लेटिकोले मेट्रोपोलिटानो रंगशालामा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्यो। खेलको सुरुआतमा रोबिन ले नर्मान्डले अग्रता दिलाए।
रियलका लागि किलियन एमबाप्पे र अर्दा गुलरले गोल गर्दै टोलीलाई अघि बढाएका थिए। तर, पहिलो हाफको अन्त्यतिर एलेक्जान्डर सोर्लोथले हेडरमार्फत एट्लेटिकोलाई बराबरीमा ल्याए।
दोस्रो हाफमा आल्भारेजले पेनाल्टीमार्फत गोल गर्दै एट्लेटिकोलाई पुनः अग्रता दिलाए। केही समयमै उनले उत्कृष्ट फ्रि–किक गोल गरे। अन्त्यतिर एन्टोनियो ग्रिजम्यानले पाँचौँ गोल गर्दै टोलीलाई महत्वपूर्ण जित सुनिश्चित गरिदिए। यस जितसँगै एट्लेटिको तालिकाको चौथो स्थानमा उक्लिएको छ।
एमबाप्पेको गतिमा भर पर्न आएको रियल यसअघि लिगमा शतप्रतिशत जितको नतिजा बोकेको एक मात्र टोली थियो। उनले फेरि एक गोल गर्दै सिजनमा आठौं गोल पुर्याए पनि एट्लेटिकोको आक्रमण रोक्न सकेनन्।