हाल्यान्डको गोल वर्षा जारी
२०२५ सेप्टेम्बर २८, आइतबार: ०१:३० पूर्वाह्नAdmin User
-1759022997077.webp&w=3840&q=75)
काठमाडौं। इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले भने धुमधामसाथ जित निकालेको छ।
एर्लिङ हालान्डले ९०औं मिनेटमा र इन्जुरी समयमा दुई गोल गर्दै आफ्नो टोलीलाई बर्नेलीविरुद्ध ५–१ को जित दिलाएका हुन्। योसँगै उनले सिजनको गोल संख्या आठमा पुर्याएका छन्।
यसअघि सिटीका तीन गोलमध्ये दुई बर्नेलीका डिफेन्डर म्याक्सिम एस्टेभबाट आत्मघाती थिए भने अर्को म्याथियस नुनेसले गरेका हुन्।
बर्नेलीले जेडन एन्टोनीमार्फत एक गोल फर्काउन सफल भए पनि नतिजा आफ्नो हातमा पार्न सकेन।