काठमाडौं। जर्मनीका डिफेन्डर जेरोम बोटेङ फ्रेन्च क्लब लियोनमा अनुबन्धित भएका छन् ।
फ्रेन्च लिग वान क्लब लियोनले बोटेङलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
जर्मन क्लब बायर्न म्युनिखसँगको सम्झौता सकिएपछि उनी फ्री एजेन्ट रहेका थिए ।
बोटेङले लियोनसँग दुई वर्षको सम्झौता गरेका छन् ।
३२ वर्षीय बोटेङले १० वर्ष बिताएर बायर्न छाडेका हुन् ।
बोटेङले बायर्नबाट ९ बुन्डेसलिगा, दुई च्याम्पियन्स लिग, पाँच जर्मन कप, फिफा क्लब विश्वकप लगायतका उपाधि जितेका थिए ।
बोटेङले जर्मनीका लागि ७६ खेलमा १ गोल गरिसकेका छन् ।
बोटेङ जर्मनीको विश्वकप विजेता टोलीका सदस्य हुन् ।
