सुनमायालाई ऐतिहासिक रजत पदक
२०२५ सेप्टेम्बर २८, आइतबार: ०७:०० पूर्वाह्नAdmin User

काठमाडौं । सुनमाया बुढाले विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक प्राप्त गरेकी छिन् ।
स्पेनको क्यान फ्रान्कमा भएको प्रतियोगितामा सुनमायाले महिलातर्फको ८१ किलोमिटरको लङ्ग ट्रेल रनमा रजत पदक प्राप्त गरेकी हुन् ।
नेपाल एडभेन्टर रनिङ फेडेरेसनले प्रतियोगितामा नेपालबाट सुनमाया सहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकालाई सहभागी गराएको थियो ।
प्रतियोगितामा ८० देशका १७ सय खेलाडी सहभागी थिए ।
विश्व माउन्टेन रनिङ एसोसियसनले आयोजना गरेको प्रतियोगितामा पहिलो पटक विश्व एथ्लेटिक्स र इन्टरनेश्नल एसोसियसन अफ अल्ट्रारनर्सले सहकार्य गरेका थिए ।