आइतबार, असोज १२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

टेलरको ४६ बलमा शतक, जिम्बाब्वे १७० रनले विजयी

२०२५ सेप्टेम्बर २८, आइतबार: ०५:२३ अपराह्नAdmin User

टेलरको ४६ बलमा शतक, जिम्बाब्वे १७० रनले विजयी
Classic Tech Internet Ad

काठमाडौं। भ्रष्टाचार र डोपिङ नियम उल्लंघन कारण प्रतिबन्ध भोगेपछि गत अगस्टमा राष्ट्रिय टोलीमा फर्किएका जिम्बाब्वे ब्याटर तथा विकेटकिपर ब्रेन्डन टेलरले अन्ततः आफ्नो पुरानो रूप झल्काएका छन्।

३९ वर्षीय टेलरले आइतबार हरारेमा भएको विश्वकप टी–२० छनोटको अफ्रिका क्षेत्रको खेलमा बोट्स्वानाविरुद्ध शतक प्रहार गर्दै जिम्बाब्वेलाई ठूलो जित दिलाए।

पहिले ब्याटिङ गर्दै जिम्बाब्वेले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २५९ रनको विशाल योगफल बनायो। टेलरले ५४ बलमा १६ चौका र ५ छक्कासहित १२३ रन बनाए। उनले ४६ बलमै शतक पुरा गरेका थिए।

रिटायर्ड आउट हुनु अघिसम्म उनको ब्याटिङ शो चलेको थियो। यस उपलब्धिसँगै ३९ वर्ष २३४ दिन उमेरमा टेलर अन्तर्राष्ट्रिय टी–२० मा शतक बनाउने दोस्रो सबैभन्दा पाको खेलाडी बनेका छन्।

टेलरलाई ओपनर ब्रायन बेनेटले उत्कृष्ट साथ दिए। दुवैले मिलेर ५० बलमा ११२ रनको साझेदारी गरे। बेनेटले ३३ बलमा ७ चौका र ४ छक्कासहित ६५ रन जोडे। सिकन्दर राजाले अन्तिमतिर १० बलमा २१ रनको योगदान दिए।

जवाफी ब्याटिङमा उत्रिएको बोट्स्वाना पूरै २० ओभर खेले पनि ८ विकेट गुमाउँदै ८९ रनमै सीमित भयो। टोलीका दुई ब्याटर मात्र दोहोरो अंकमा पुगे। मनरुक्स क्यासलम्यान (३५ बलमा २६) र थारिन्दु पेरेरा (३२ बलमा ३१)ले हाने।

जिम्बाब्वेका रिचार्ड एनगराभा र रायन बर्लले २–२ विकेट लिएका थिए भने मुझाराबानी, मापोसा, इभान्स र सिकन्दर राजाले समान १–१ विकेट लिए।

जिम्बाब्वेले यो खेल १७० रनको विशाल अन्तरले जितेको हो। फर्किए पनि अन्त्य देखिएको टेलर अझै क्रिकेटलाई दिने बाँकी छ भन्ने प्रमाणित गर्दै सानदार शतक प्रहार गरेका छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कप

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कप

बीसीसीआईको नयाँ अध्यक्ष मिथुन

बीसीसीआईको नयाँ अध्यक्ष मिथुन

नेपालको ऐतिहासिक जित

नेपालको ऐतिहासिक जित

Bajaj Pulsar Motorcycle Ad
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कप

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कप

टेलरको ४६ बलमा शतक, जिम्बाब्वे १७० रनले विजयी

टेलरको ४६ बलमा शतक, जिम्बाब्वे १७० रनले विजयी

इटालीले जित्यो पुरुष भलिबल विश्व च्याम्पियनसिपको उपाधि

इटालीले जित्यो पुरुष भलिबल विश्व च्याम्पियनसिपको उपाधि

बीसीसीआईको नयाँ अध्यक्ष मिथुन

बीसीसीआईको नयाँ अध्यक्ष मिथुन

बंगलादेशको जापान भ्रमण रद्द

बंगलादेशको जापान भ्रमण रद्द

कराते टोली मलेसिया जाने

कराते टोली मलेसिया जाने

सुनमायालाई ऐतिहासिक रजत पदक

सुनमायालाई ऐतिहासिक रजत पदक

फेरि नाजुक बन्दै युनाइटेड

फेरि नाजुक बन्दै युनाइटेड