बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

टेलरको ४६ बलमा शतक, जिम्बाब्वे १७० रनले विजयी

आइतबार, १२ आश्विन २०८२Admin User
टेलरको ४६ बलमा शतक, जिम्बाब्वे १७० रनले विजयी
Loading ad...
mustang rice ad

काठमाडौं। भ्रष्टाचार र डोपिङ नियम उल्लंघन कारण प्रतिबन्ध भोगेपछि गत अगस्टमा राष्ट्रिय टोलीमा फर्किएका जिम्बाब्वे ब्याटर तथा विकेटकिपर ब्रेन्डन टेलरले अन्ततः आफ्नो पुरानो रूप झल्काएका छन्।

३९ वर्षीय टेलरले आइतबार हरारेमा भएको विश्वकप टी–२० छनोटको अफ्रिका क्षेत्रको खेलमा बोट्स्वानाविरुद्ध शतक प्रहार गर्दै जिम्बाब्वेलाई ठूलो जित दिलाए।

पहिले ब्याटिङ गर्दै जिम्बाब्वेले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २५९ रनको विशाल योगफल बनायो। टेलरले ५४ बलमा १६ चौका र ५ छक्कासहित १२३ रन बनाए। उनले ४६ बलमै शतक पुरा गरेका थिए।

रिटायर्ड आउट हुनु अघिसम्म उनको ब्याटिङ शो चलेको थियो। यस उपलब्धिसँगै ३९ वर्ष २३४ दिन उमेरमा टेलर अन्तर्राष्ट्रिय टी–२० मा शतक बनाउने दोस्रो सबैभन्दा पाको खेलाडी बनेका छन्।

टेलरलाई ओपनर ब्रायन बेनेटले उत्कृष्ट साथ दिए। दुवैले मिलेर ५० बलमा ११२ रनको साझेदारी गरे। बेनेटले ३३ बलमा ७ चौका र ४ छक्कासहित ६५ रन जोडे। सिकन्दर राजाले अन्तिमतिर १० बलमा २१ रनको योगदान दिए।

जवाफी ब्याटिङमा उत्रिएको बोट्स्वाना पूरै २० ओभर खेले पनि ८ विकेट गुमाउँदै ८९ रनमै सीमित भयो। टोलीका दुई ब्याटर मात्र दोहोरो अंकमा पुगे। मनरुक्स क्यासलम्यान (३५ बलमा २६) र थारिन्दु पेरेरा (३२ बलमा ३१)ले हाने।

जिम्बाब्वेका रिचार्ड एनगराभा र रायन बर्लले २–२ विकेट लिएका थिए भने मुझाराबानी, मापोसा, इभान्स र सिकन्दर राजाले समान १–१ विकेट लिए।

जिम्बाब्वेले यो खेल १७० रनको विशाल अन्तरले जितेको हो। फर्किए पनि अन्त्य देखिएको टेलर अझै क्रिकेटलाई दिने बाँकी छ भन्ने प्रमाणित गर्दै सानदार शतक प्रहार गरेका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका