काठमाडौं । एमयूएफसी विजय चोक युथ क्लब र बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सबीच सहकार्य भएको छ।
'सी' डिभिजन लिग छनौट खेल्न लागेको एमयूएफसीसँग सगरमाथा इन्स्योरेन्स 'इन्स्योरेन्स पार्टनर' को रुपमा जोडिएको हो।
इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडको नेपाली समर्थकको समूह एमयूएफसी नेपाल र विजय चोक युथ क्लबले सहकार्य गर्दै सी छनौट खेल्न लागेका हुन्।
एमयूएफसी छनौटको समूह 'एल' मा रहेको छ।
छनौट प्रतियोगितामा ७८ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
'सी' छनौटबाट तीन टिम 'सी' डिभिजनमा बढुवा हुनेछन् ।