काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर रुबेन डियासले सम्झौता नवीकरण गरेका छन् ।
पोर्चुगिज डिफेन्डर डियासले थप ६ वर्ष क्लबमा रहने गरि सम्झौता नवीकरण गरेका हुन् ।
सेन्टर ब्याक डियास २०२७ सम्म सिटीमा रहने छन् ।
२४ वर्षीय डिफेन्डर डियास बेन्फिकाबाट २०२० मा सिटी आएका थिए ।
सिटीका लागि उनले ५० खेल खेलिसकेका छन् ।

सिटीबाट उनले प्रिमियर लिग र काराबाओ कप जितिसकेका छन् ।
डियासले गत सिजन ‘प्रिमियर लिग प्लेयर अफ दि सिजन’ अवार्ड जितेका थिए ।
त्यस्तै फुटबल राइरटर्स एसोसिएसनले प्रदान गर्ने ‘फुटबलर अफ दि इयर’ समेत अवार्ड पाएका थिए ।
पोर्चुगलका लागि उनले ३२ खेलमा २ गोल गरेका छन् ।
