काठमाडौं । चेल्सीले रोमेलु लुकाकु अनुबन्ध गर्यो । म्यानचेस्टर सिटीले ज्याक ग्रेलिस भित्र्यायो ।
म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई फेरि आफ्नो बनायो । म्यानचेस्टरले यसअघि जाडोन सान्चो र राफेल भराने पनि किनिसकेको छ । लिभरपुलले इब्राहिम कोनाटे त किन्यो, तर यो त्यति धेरै ‘हाइप्रोफाइनलको’ किनबेच थिएन् ।
ब्यस्त त टोटनहम पनि रह्यो, ‘ट्रान्सफर’ बजारमा । लिभरपुलले भने उल्टै जर्जिन्हो विज्नाल्डम बेच्यो ।
जार्डन साकिरी पनि अन्यत्र गइसकेको छ । तर पनि योर्गन क्लोपको लिभरपुलले इंग्लिस प्रिमियर लिगको सुरुआती केही सातामा राम्रो गरेको छ । तीन खेलमा सात अंकसहित लिभरपुल पनि उपाधिकै प्रत्यासीका रूपमा छ ।
लिभरपुलले नर्विच र बर्नलीलाई हराएपछि उपाधिको अर्को प्रत्यासी चेल्सीसँग बराबरी खेलेको थियो ।
चेल्सीमाथि लिभरपुल हाबी देखिन्थ्यो, तर उसले १० खेलाडीमा सीमित प्रतिद्वन्द्वीमाथि जित भने निकाल्न सकेन् । लिगमा अहिलेसम्म अपराजित टिममध्ये लिभरपुलको प्रदर्शन दमदार नै छ भन्न मिल्छ ।
यसपल्ट लिभरपुलले खेलाडी किनबेचमा भन्दा आफ्नै पुराना खेलाडीलाई क्लबमा कायम राख्ने नीति लियो । जस्तो उसले भर्जिल भान डाइक, एलिसन बेकरर एन्डी रोबर्टसनसँगको अनुबन्ध बढाएको छ ।
क्लोपले पनि भनेका छन्, ‘क्लब चलाउने हाम्रो आफ्नै नीति छ । हाम्रा लागि बलियो टिमलाई एकजुट राख्नु ठीक देखिएको छ ।’
यसको अर्थ लिभरपुलले आफ्ना पुराना खेलाडीमै विश्वास देखाएको छ र उसले तिनकै आधारमा लिग र कप मात्र होइन्, च्याम्पियन्स लिगमा पनि राम्रो गर्ने सोच बनाएको छ ।
अब तिनै विश्वास गरिएका खेलाडीको प्रदर्शन कस्तो हुनेछ त रु के यो नीति ठीक छ त रु पक्कै पनि लिभरपुल फुटबल पण्डितहरूको ‘राडार’ मा रहनेछ ।
–मार्काको सहयोगमा ।