काठमाडौं । इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानले जित निकालेको छ।
आइतबार राति भएको खेलमा मिलानले काग्लियारीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।
मिलानको जितमा ओलिभर जिरौडले दुई गोल गरे । यस्तै सान्ड्रो टोनिल र राफायल लियोले एक एक गोल गरे।
काग्लियारीका एलेसान्ड्रो डिओलाले एक गोल फर्काए ।
जितसँगै मिलानले २ खेलमा ६ अंक जोडेको छ । मिलान चौंथो स्थानमा रहेको छ ।
काग्लियारीले २ खेलमा १ अंक जोडेको छ।

अर्को खेलमा रोमाले सालेर्निटानालाई ४-० गोल अन्तरले पराजित गरेको छ।
रोमाको जितमा लोरेन्जो पेल्लेग्रिनीले दुई गोल गरे। जोर्डन भेरेटाउट र ट्यामी अब्राहीमले एक एक गोल गरे।
जितसँगै रोमाले २ खेलमा ६ अंक जोडेको छ। रोमा तेस्रो स्थानमा रहेको छ।
सालेर्निटानाले अंक जोड्न सकेको छैन।
