काठमाडौं । वेस्ट ह्याम युनाईटेडले फ्रेन्च डिफेन्डर कर्ट जोउमालाई अनुबन्ध गरेको छ।
वेस्ट ह्यामले चेल्सीबाट सेन्टर ब्याक जोउमालाई अनुबन्ध गरेको हो।
जोउमाले वेस्ट ह्यामसँग चार वर्षको सम्झौता गरेका छन्।
२६ वर्षीय डिफेन्डर सात वर्ष चेल्सीमा बिताएर वेस्ट ह्याम आएका हुन्।
उनी फ्रान्सको सेन्ट इटिनेबाट सन् २०१४ मा चेल्सी आएका थिए।
चेल्सीका लागि जोउमा १ सय ५१ खेलमा १० गोल गरेका छन्।
चेल्सीबाट उनले दुई प्रिमियर लिगसहित च्याम्पियन्स लिग र लिग कप जितेका छन्।
फ्रान्सको लागि उनले ८ खेल खेलेका छन्।
