एजेन्सी । सिरि ए फुटबलमा युभेन्ट्सले घरेलु मैदानमै हार ब्यहोरेको छ ।
शनिबार सिरि एको दोस्रो खेलमा युभेन्ट्स इम्पोलीको हातबाट १–० को पराजित बनेको हो ।
क्रिस्टियानो रोनाल्डोबिना पहिलो पटक मैदान उत्रिएको युभेन्ट्स कमजोर मानिएको इम्पोलीसंग हार ब्यहोरेको हो ।
सिरि एमा टुरिन क्लबले दुई खेलमा मात्र एक अंक जोडेको छ ।
लियोनार्दो मान्सुकोले पहिलो हाफमा गरेको गोल इम्पोलीका लागि पर्याप्त रह्यो । सिरि एको नयाँ प्रवेशी क्लब इम्पोलीले ३६ पटकको च्याम्पियन क्लबलाई निराश बनाएको हो ।
म्यान्चेष्टर युनाईटेडले क्लबका लिजेण्ड रोनाल्डोसंग पुन सम्झौता भएको घोषणा गरेको भोलि पल्ट युभेन्ट्सले खराब दिन बिताएको हो ।
युभेन्ट्सले गत सिजन चौथो स्थानमा रहदै लिगको अन्त्य गरेको थियो । टुरिन क्लबले सिजनको पहिलो खेलमा उडिनिससंग २–२ गोलको बराबरी खेल्दै अंक बाडेको थियो ।
मान्सुकोले १८ महिना युभेन्ट्समा बसेका थिए । तर उनी युभेन्ट्सको शीर्ष टिममै समेत पर्न सकेनन् । तर उनै खेलाडीले युभेन्ट्सलाई निराश बनाए ।
सन् १९९९ पछि इम्बोपलीले पहिलो पटक युभेन्ट्सलाई हराएको हो ।
युभेन्ट्सको २ खेलबाट १ अंक सहित १३ औं स्थान र इम्पोली ३ अंक सहित ११ औं स्थानमा छ ।