काठमाडौं । एमयूएफसी विजय चोक युथ क्लबले प्रभु पेसंग प्रायोजन सम्झौता गरेको छ ।
यस वर्षको सी डिभिजन लिग छनोट खेल्न लागेको एमयूएफसी विजय चोक युथ क्लबको पेमेन्ट पार्टनरको रुपमा प्रभु पे जोडिएको हो ।
यही भाद्र १० गते सुरु हुने सी डिभिजन लिग छनोटमा एमयूएफसी विजय चोक युथ क्लबले सहभागीता जनाउदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सञ्चालन हुने प्रतियोगिता एन्फा कम्प्लेम्समा सञ्चालन हुनेछ ।
मोबाइल वालेटको रुपमा प्रसिद्धि कमाएको प्रभु पेले सी डिभिजन लिग छनोटमा एमयूएफसी विजय चोक युथ क्लबलाई रोजेको हो ।
क्लबले ग्रासरुट स्तरमा फुटबललाई लैजान यस प्रकारको प्रयोजनले सहयोग पुर्याउने विश्वास लिएको छ ।
इङ्लिस प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडको नेपाली समर्थकको समूह एमयूएफसी नेपाल र विजय चोक युथ क्लबले सहकार्य गर्दै यस वर्षको सी डिभिजन लिग छनोट खेल्न लागेका हुन् ।