आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

आइतबार, २८ मंसिर २०८२खेलपाटी संवाददाता
मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग
Classic Tech Internet Ad

काठमाडौं। भारतका चार सहरको तीनदिने भ्रमणमा रहेका विश्वप्रसिद्ध फुटबलर लिओनल मेसीको कार्यक्रमको सुरुआत सुखद हुन सकेन।

भ्रमणको पहिलो गन्तव्य कोलकाता थियो। तर, साल्ट लेक स्टेडियममा ठूलो हंगामा मच्चियो।

मेसीसँगै लुइस सुआरेज र रोड्रिगो डे पल स्टेडियम पुग्नेबित्तिकै करिब ७०–८० जना मानिसले उनीहरूलाई घेरे।

मन्त्री र आयोजकहरू क्यामेरा तथा मोबाइल बोकेर फोटो खिच्न व्यस्त हुँदा मेसीलाई हिँड्नसमेत गाह्रो परेको थियो।

सुरक्षा घेराबीच मेसी दर्शकहरूको आँखाबाट ओझेल परे। योसँगै पारापिटमा बसेका दर्शक आक्रोशित बने।

महँगो टिकट काटेर पनि मेसीलाई राम्ररी देख्न नपाएको भन्दै दर्शकहरूले आक्रोश पोख्दै मैदानतर्फ बोतल र कुर्सी फ्याँके।

केही दर्शक बार भत्काएर मैदानभित्र प्रवेश गरे। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरे पनि अवस्था नियन्त्रण बाहिर गयो।

तनावपूर्ण अवस्थाका कारण निर्धारित समयभन्दा अगावै मेसी स्टेडियम छाड्न बाध्य भए।

मेसीको भारत भ्रमणको आयोजनाको जिम्मा उद्यमी शतद्रु दत्तले लिएका हुन्। उक्त घटनापछि कोलकाता प्रहरीले स्वतः मुद्दा दर्ता गर्दै दत्तलाई विमानस्थलबाट पक्राउ गरेको छ।

पक्राउपछि उनले दर्शकलाई टिकटको पैसा फिर्ता दिने लिखित आश्वासन दिएका छन्।

घटनाप्रति पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सार्वजनिक रूपमा माफी मागेकी छन्। तर, असमका मुख्यमन्त्री हिमन्त शर्मा बिस्वा सरमाले बनर्जीलाई समेत गिरफ्तारीको माग गरेका छन्।

उनले भनेका छन्, ‘राज्यकी मुख्यमन्त्री स्वयं गृह मन्त्रालयको जिम्मेवारीमा छिन्। यस घटनाको पहिलो जिम्मेवारी उनकै र कोलकाता प्रहरी आयुक्तकै हो।’

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

फर्किए सलाह

फर्किए सलाह

१४ वर्षपछि भारत फर्किए मेसी

१४ वर्षपछि भारत फर्किए मेसी

Bajaj Pulsar Motorcycle Ad
सन्दीपले बीपीएल खेल्ने

सन्दीपले बीपीएल खेल्ने

तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

तिलकलाई प्रेसिडेन्सियल कलेजकाे १५ लाखको स्कलरसिप

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

कराँचीलाई हराउँदै एपीएफ फाइनलनजिक

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

जोन सिनाले छाडे डब्यूडब्यूई, अन्तिम खेलमा गन्थरसँग पराजित

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

मेसीको कार्यक्रममा अशान्ति, ममतालाई पक्राउ गर्न माग

फर्किए सलाह

फर्किए सलाह

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक