एपीएफले इस्ट बंगालसँग फाइनल खेल्ने
आइतबार, २८ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा नेपालको एपीएफ क्लबले भारतको इस्ट बंगाल एफसीलाई चुनौती पेस गर्ने भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार आइतबार सम्पन्न खेलमा इस्ट बंगालले बंगलादेशको नासिरन स्पोर्टस एकेडेमीलाई ७–० को एकतर्फी जित निकालेको हो।
जितसँगै इस्ट बंगालले शीर्षस्थान कायम गरेको छ। इस्ट बंगालले ३ खेलबाट ९ अंक पुर्याएको छ। समान खेलबाट ७ अंक रहेको एपीएफ दोस्रो स्थानमा छ।
यी दुईले लिग चरणको अन्तिम खेलसम्म खेल्नेछन्। समान दुई अंक जोडेका कराँची सिटी एफसी र ट्रान्सपोर्ट युनाइटेडसँगै एक अंक रहेको नासरिन भने प्रतियोगिताबाट बाहिरिएका छन्।







-1765707019177.jpeg&w=3840&q=75)



