सन्दीपले बीपीएल खेल्ने
आइतबार, २८ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन्।
राजशाही वारियर्सले आइतबार उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो। सन्दीप लामो समयपछि विदेशी फ्रेन्चाइज क्रिकेटमा फर्किन लागेका हुन्।
उनले घरेलु मैदानमा भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सको कप्तानी गरेका थिए। तर, क्वालिफायर २ मा लुम्बिनी लायन्ससँग पराजित भएको थियो। यद्यपि, उनी प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता बने।
उनले १७ विकेट लिएका थिए।














-1768462517116.jpeg&w=3840&q=75)