एजेन्सी । केलियन एम्बाप्पेले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्न चाहेको पुष्टि भएको छ ।
फ्रान्सेली क्लब पीएसजीले समाचारको पुष्टि गर्दै एम्बाप्पेले क्लब छाड्न चाहेको बताएको हाे ।
विश्वकप विजेता एम्बाप्पेले फ्रान्स छाड्न चाहेको चर्चा पछिल्लो समय ब्याप्त थियो । उनी स्पेनिस क्लब रियल मड्रिडसंग जोडिएका थिए । लियोनल मेस्सी फ्रान्स आएपछि उनले क्लब छाड्ने चाहाना व्यक्त गर्दै आएका थिए ।
२२ वर्षिय एम्बाप्पेलाई यस हप्ताको सुरुवातमा रियल मड्रिडले १ सय ६० मिलियन पाउण्डको प्रस्ताव गरेको थियो । पीएसजीका अधिकारीले एम्बाप्पे नयाँ गन्तव्यमा जान चाहेको बताएका छन् ।

‘केलियन एम्बाप्पे रियल मड्रिडसंग जोडिन चाहन्छन् । हामी उनलाई रोक्न चाहन्नौं ।’ क्लबका खेल निर्देशक लियोनार्दोले भनेका छन् ।
पीएसजीले रियल मड्रिडको पहिलो प्रस्तावलाई अस्विकार गरेको जनाएको छ ।
'हामीले मड्रिडको पहिलो प्रस्तावलाई हुन्न भनेका छौं । यदी शर्तहरु मिलेको खण्डमा हामी हेर्नेछौं ।' उनले भने ।
एम्बाप्पेको रियल मड्रिडसंगको सम्झौता आगामी समर ट्रान्सफरमा सकिदैछ ।
फ्रान्सेली फरवार्ड एम्बाप्पेले पीएसजीको पछिल्लो प्रस्तावलाई समेत अस्विकार गरेका थिए ।

'हामीले एम्बाप्पेलाई दुई महत्वपुर्ण प्रस्ताव गर्यौ । दुई महिना अघि टिमका एक शीर्ष खेलाडीलाई प्रस्ताव गर्यौ र दोस्रो भर्खरै प्रस्ताव गर्यौ ।' लियोनार्दोले भने ।
'हामी उनलाई परियोजनाको केन्द्रिय पात्रको रुपमा साबित गर्न चाहन्छौं । तर उनी परियोजनामा बस्न मानिरहेका छैनन् ।' उनले भने ।
पीएसजीले एम्बाप्पेलाई क्लबमै राख्न खोजिरहेको छ । तर १ सय ८० मिलियन पाउण्डको प्रस्ताव आएको खण्डमा उनी पीएसजी छाड्न सक्नेछन् ।
'केलियनले सबै आफु निशुल्न जान नचाहेको बताएका छन् ।' लियोनार्दोले भने, 'रियल मड्रिडको आधिकारिक प्रस्ताव केलियन एम्बाप्पेभन्दा निकै टाढाको रहेको छ । हो, त्यो १ सय ६० मिलियन पाउण्ड नजिक छ । यो सन् २०१७ मा उसले प्रस्ताव गरेको रकमभन्दा थोरै हो ।'
'एम्बाप्पेको विषयमा रियलसंग पुन कुरा गर्ने हाम्रो कुनै योजना छैन । तर समय अगष्ट ३१ सम्मको प्राप्त छ ।' उनले भने ।
'खेलाडी सरुवा बजार यस्तै छ । हामी उनलाई राख्न चाहन्छौं र सम्झौता थप्न चाहन्छौंं । तर हामी उनलाई मोनाकोका लागि तिरेका पैसा भन्दा कम मूल्यमा बेच्न सक्दैनौं ।' लियोनार्दोले थपे ।