काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल छाड्ने संकेत गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्गसंगको विवादको प्रतिवेदन सार्वजनीक भएसंगै अलमुताइरीको भनाई बाहिर आएको हो ।
उनले आफु बाहिरिएको र राजनीतिक काम चालू राख्न भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

राखेपद्धारा गठित छानविन समितिले विवादास्पद राजीनामा सम्बन्धि पोस्टलाई आफ्नो फेसबुकबाट हटाउन परिषद्लाई निर्देशन सुझाव दिएको थियो ।
साथै समितिले अलमुताइरीले सम्झौता अनुसार कार्य मात्र सम्पादन गर्नुपर्ने र आगामी दिनमा विवाद सृजना हुने खालका कुनै पनि गतिविधि नगर्न नगराउन एवं समाजिक सञ्जालमा कसैप्रति लक्षित गरी धारणा सम्प्रेरण नगर्न ध्यानाकर्षण गर्दै परिषद्बाट सचेत गराउनुपर्ने सुझाव दिएको छ ।
प्रतिवेदनको निष्कर्श बाहिर आएसंगै प्रशिक्षकले नेपाल छाड्ने संकेत गरेका हुन् ।
राष्ट्रिय फुटबल टिमको जिम्मेवारी सम्हालेसंगै खेलाडीमा उत्साह भरेर तारिफ कमाएका मुख्य प्रशिक्षक अलमुताइरी पछिल्लो समय विवादीत चरित्रमा देखिएका छन् ।
वरिष्ठ उपाध्यक्षलाई लक्षित गर्दै समाजिक सञ्जालमा राजीनामा घोषणा गरेका मुख्य प्रशिक्षक अलमुताइरीले समाधानतर्फ उन्मुख विवादलाई पुन उछाल्न खोजेको देखिन्छ ।