काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग छनौट प्रतियोगिताका लागि च्याम्पियन ब्वाइज एफसीले सम्पूर्ण तयारी पूरा गरेको छ ।
च्याम्पियनले छनौट प्रतियोगिताका लागि टिमको तयारी पूरा भएको जनाएको छ ।
छनौटका लागि च्याम्पियनले २१ खेलाडी दर्ता गरिएको समेत जनाएको छ ।
क्लबले खेलाडीको कोरोना टेस्ट समेत गरिसकेको जनाएको छ ।
छनौट प्रतियोगितामा ७८ क्लबले प्रतिस्पर्धा गर्ने छन् । 'सी' छनौटबाट तीन टिम 'सी' डिभिजनमा बढुवा हुनेछन् ।
छनौट प्रतियोगिता भदौ १० गतेबाट सुरु हुनेछ ।
च्याम्पियनले उद्घाटन खेलमा सतासीधाम स्पोर्टिङ क्लबसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
यो पनि .....
'सी' लिग छनौटको खेल तालिका परिवर्तन