• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
महेश्वर र विष्णु धर्मश्रीको अन्तिम चरणमा
खेलपाटी संवाददाता
शुक्रबार, असोज १९, २०७५ खेलपाटी संवाददाता
महेश्वर र विष्णु धर्मश्रीको अन्तिम चरणमा

काठमाडौं । १३ औं धर्मश्री विजेता तथा ५० औं एशियन च्याम्पियनसिपका स्वर्ण पदक धारी महेश्वर महर्जन १५ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको अन्तिम चरणका लागि छनोट हुन सफल भएका छन् ।

८० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सेप फिटनेश एण्ड जिम कालिमाटीका महेश्वर शनिबार आयोजना हुने १५ औं धर्मश्रीको उपाधी नजिक पुगेका हुन् ।

यसै तौल समूहमा मिडवेष्टर्नका विष्णु बिक, सेप टु ढल्कोका उज्जल बज्राचार्य, फिटनेश स्टुडियोका प्रविन शाही, सेप टु ढल्कोका विशाल कँडेल र आयोजक नेपाल ब्यायाम मन्दिरका जनम लामा रहेका छन् ।

प्रजातन्त्रका लागि जीवन बलिदान गर्ने शहिद तथा ब्यायामका अग्रज धर्मभक्त माथेमाको सम्झानामा २०४२ सालबाट आयोजना गरिएको प्रतियोगिताको १५ औं संस्करणको अन्तिम चरणको लागि छनोट हुन सफल ५५ केजी तौल समूहमा उज्जल जिम तथा जुम्बाका किशन दास दिवाकर, फ्लेकस जिमका सुजन गुरुङ्ग, बुटवल फिटनेशका सुनिल आले, मसल मेनियाका अवाज प्याकुरेल, नेपाल ब्यायाम मन्दिरका डेभिड बलामी र सुरेश खत्री रहेका छन् ।

नेपाल ब्यायाम मन्दिको आयोजनामा भएको सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा ६० केजी तौल समूहबाट फिटनेश स्टुडियोका गौरभ प्रसाद श्रेष्ठ, फिटनेश स्टारका यदु कुमार बिश्वकर्मा, नेपाल ब्यायाम मन्दिरका शैलेन्द्र कुमार शर्मा र सुजन तामाङ्ग, ओम फिटनेशका मिन बहादुर चौधरी तथा नेपाल ब्यायाम मन्दिरका आशिष देवाजु पनि छनौट भएका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगिताको ६५ केजी तौल समूहमा मि. हिमालय रामबहादुर दाहाल छनोट भए । नेपाल ब्यायाम मनिदरका दाहाल नेपाल शारीरिक सुगठन तथा फिटनेश संघद्वारा २०६९ सलमा आयोजना गरिएको चौथौं मि. हिमालयका विजयी हुन् । यस्तै सोही तौलमा ओम फिटनेशका फिरदोस दापाली हासमी, फिटनेश फस्र्टका रोजिन बज्राचार्य, बुटवल फिटनेशका विजेन्द्र मान श्रेष्ठ, सेप टु ढल्कोका बिवेक बिष्ट, फिटनेश स्टुडियोका सुपेन डङ्गोल पनि छनोट हुन सफल भए ।

७० केजी तौलमा सेप टु ढल्कोका उज्जल राज बज्राचार्य र किरण यादव, अक्सफोर्ड जिमका समिर श्रेष्ठ, फिटनेश स्टुडियोका बद्रि श्रेष्ठ, ब्रोन्ज फिटनेशका किरण श्रेष्ठ तथा नेपाल ब्यायाम मन्दिरका संजीव श्रेष्ठले पनि फाईनल चरणका लागि स्थान बनाए ।

प्रतियोगिताको ७५ केजी तौलमा ग्यालेक्सि फिटनेशका ललित धिमाल, रिभर फिल्ड फिटनेशका अशोक महर्जन, सेप टु ढल्कोका प्रवेश श्रेष्ठ, नेपाल जिमका नविन राना, गुड लाईफका सुरेश खड्का तथा नेपाल ब्यायाम मन्दिरका प्रवेश के.सी. पनि अन्तिम चरण प्रवेश गर्न सफल भए ।

यसैगरि ८० केजी माथिको हेभी वेटमा शंखमुल हेल्थका अमर डङ्गोल, कम्पिल्टि हेल्थक्लबका अनोज मास्के, फिटनेश स्टुडियोका दिपेश श्रेष्ठ, नेपाल ब्यायाम मनिदरका मिलन विक्रम सिजापती र ग्रिस महर्जन तथा मस्कुलिन जिमका सौरभ कुमार गिरी पनि अन्तिम चरण प्रवेश गरे ।

शुक्रबार भएको प्रिजजिङ्ग चरणबाट आआफ्ना प्रतिद्वन्दिलाई पछि पार्दै प्रत्येक समूहबाट ६ खेलाडीहरु अन्तिम चरणका लागि छनोट भएका हुन् । अन्तिम चरणमा प्रत्येक समूहमा प्रथम स्थान हात पार्ने खेलाडीहरुले धर्मश्री उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् ।

धर्मश्री बिजेताले नगद ५ लाख सहित ट्रफी र ब्यानेटबाट सुसज्जित हुनेछन् । यस्तै प्रतियोगितामा दोश्रो हुनेले २ लाख, तेश्रोले १ लाख, चौथोले ९० हजार, पाँचौले ८० हजार, छैटौंले ७५ हजार र सातौं स्थान हात पार्नेले ६० हजार नगद, मेडल तथा अन्य पुरस्कार प्राप्त गर्ने छन् । यस्तै तौल समूहमा दोश्रो र तेश्रो हुनेले क्रमश नगद ३० हजार र २० हजारका साथै मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् ।

२०४२ सालमा १५ हजार पुरस्कार रासीबाट सुरु गरिएको धर्मश्री प्रतियोगिता १५ औं संस्करण सम्म आई पुग्दा शारिरीक सुगठनमा सर्वाधिक धनरासी पुरस्कार रहेको प्रतियोगिता भएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP