काठमाडौं । यूईएफए सुपर कप फुटबलको फाइनल खेलाउने रेफ्रीको टुंगो लागेको भएको छ ।
यूईएफएको रेफ्री कमिटिले सोमबार सुपर कप खेलाउने रेफ्री तय गरेको हो ।
यूईएफए सुपर कपको फाइनलमा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब भिल्ला रियलबीच प्रतिस्पर्धा हुनेछ ।
नर्दन आयरल्याण्डको नेसनल फुटबल स्टेडियममा हुने चेल्सी र भिल्लाबीचको खेल बुधबार हुनेछ ।
उक्त खेल रसियन रेफ्री सर्जी कारासेभले खेलाउने भएका छन् ।
४२ वर्षीय कारासेभले २००९ बाट अन्तराष्ट्रिय रेफ्रीको रुपमा काम गर्दै आइरहेका छन् ।
उनले गत महिना सकिएको युरोकप फुटबलमा ३ खेल खेलाएका थिए ।
कारासेभले च्याम्पियन्स लिग र युरोपा लिग खेलाईसकेका छन् ।
च्याम्पियन्स लिगको विजेता युरोपा लिगको विजेताले सुपर कपको उपाधिका लागि प्रतिस्पर्धा गर्ने गरेका छन् ।
चेल्सीले च्याम्पियन्स लिग जितेको थियो भने भिल्लाले युरोपा लिग जितेको थियो ।