काठमाडौं । ललितपुरको 'ए' डिभिजन क्लब फ्रेन्ड्सले मिडफिल्डर विकास लामालाई अनुबन्ध गरेको छ ।
फ्रेन्ड्सले सोमबार मिडफिल्डर विकाससम्म सम्झौता पत्रमा हस्ताक्षर गरिएको जनाएको छ ।
नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि फ्रेन्ड्सले विकासलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको लिग आगामी कात्तिक २९ गतेबाट सुरु हुनेछ ।
२३ वर्षीय मिडफिल्डर विकासलाई अनुबन्धको लागि फ्रेन्ड्ससँगै च्यासल युथ क्लब लगायतका क्लबले चाँसो देखाएको थियो । तर, विकासले फ्रेन्ड्स रोजेका हुन् ।
'नयाँ लिगको लागि फ्रेन्ड्ससँग सम्झौता गरेको छु । अन्य क्लबबाट पनि प्रस्ताव आएको थियो । तर, फ्रेन्ड्ससँग सम्झौता गरेको छु,' सम्झौतापछि विकासले खेलपाटीसँग भने ।
फ्रेन्ड्समा उनले ६ नम्बरको जर्सी लगाउने छन् ।
सिन्धुपाल्चोकका विकासले फ्रेन्ड्सबाट यसअघि पनि खेलिसकेका छन् । उनले फ्रेन्ड्सबाट विभिन्न मोफसलको प्रतियोगिता खेलेका थिए ।
एन्फा एकेडेमीबाट उत्पादित विकासले अघिल्लो पटकको 'ए' लिग एपीएफ क्लबबाट खेलेका थिए ।
उनले नेपालको यू-१३ र यू-१४ टिमबाट समेत खेलेका थिए ।
फ्रेन्ड्सले यस अघि प्रकाश बुढाथोकीलाई कप्तानको रुपमा अनुबन्ध गरेको थियो ।
यस्तै डिफेन्डर सुरज विकलाई समेत अनुबन्ध गरिसकेको छ ।