रियल र मिलानको बराबरी
२०२१ अगस्ट ८, आइतबार: ०६:५३ अपराह्नखेलपाटी संवाददाता

एजेन्सी । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मड्रिड बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा रियलले इटालियन क्लब एसी मिलानसँग गोलरहित बराबरी खेलेको हो ।
अष्ट्रियामा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
रियलले बल पोसेसनमा पकड जमाए पनि गोल गर्न सकेन ।
रियलले आधा दर्जन बढी पोस्ट आक्रमण गरेपनि गोल गर्न सकेन । मिलानले समेत गोलको केहि उत्कृष्ट अवसर खेर फालेको थियो ।
मैत्रीपूर्ण खेल अन्तर्गत नै अर्को स्पेनिस क्लब एट्लेटिको मड्रिड भने पराजित भएको छ ।
एट्लेटिकोलाई डच क्लब फाइनुर्डले २-१ गोल अन्तरले पराजित गरेको हो ।